२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट

SansherOnline SansherOnline
मङ्गलबार १९, बैशाख २०८० १२:१३
नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट

 

 नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।


एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन् ।

प्रतिक्रिया