बैतडी : हिजोदेखि बैतडीमा निरन्तर वर्षा भैरहेको छ। बैतडीको सदरमुकाम सुदूरपश्चिमसहित प्रदेशका अन्य जिल्लाहरुमा पनि लगातार पानी परिरहेको हो।
केही जिल्लाहरुमा असिनासमेत परेको बताइएको छ। लगातारको वर्षाले यहाँको जनजीवन समेत प्रभावित बनेको छ। यस्तै आज पनि बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।
सुदूरपश्चिमका केही स्थानहरूमा भने मेघ गर्जन चट्याङ्गसहित हल्का लदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अझै केही दिन वर्षा नरोकिने पनि अनुमान गरिएको छ।
प्रतिक्रिया