बैतडी: बैतडीको प्रदेश सभा क्षेत्र नं क मा आगामी आर्थिक बर्षमा प्रदेश सरकारमार्फत सञ्चालन हुने योजनाका बिषयमा सरोकारवालाहरुसंग योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश सरकार मातहत रहेका कार्यालयमार्फत सञ्चालन हुने योजनाहरु संकलन गर्ने र प्राथमिकीकरण गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए ।
बैतडीमा प्रदेश सरकार मातहत १३ ओटा कार्यालय रहेका र ती कार्यालयमार्फत सञ्चालन हुने योजनाका बिषयमा गोष्ठीमा छलफल भएको हो ।
पालिकाहरुबाट आएका योजनाहरुलाई पछि प्राथमिकीकरण गरेर प्रदेश सरकारमा पठाइने छ
प्रदेश सभा क्षेत्र नं क अन्तर्गत रहेका पालिकाका प्रतिनिधिहरु समेतको सहभागितामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रदेश सभा क्षेत्र नं क का प्रदेश सभा सदस्य सुरेन्द्र पाल र प्रदेश सभा सदस्य जानकी ऐर बमको पनि सहभागिता रहेको थियो ।
सो बैठकमा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, कार्यालय प्रमुख लगायतको सहभागिता रहनेको थियो
प्रतिक्रिया