बैतडी : बैतडीमा एक जना किशोर मृत फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा न ६ मा १९ वर्षिय लक्ष्मण कुवर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
आज बिहान ७ बजेको समयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
मृत किशोर सुर्नया ६ मोतिनगर बजारमा व्यबसाय गर्दै आएका थिए । घटना के कसरी भएको भन्ने खुल्न सकेको छैन ।
प्रतिक्रिया