बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले सार्वजकि विदाको दिनपनि सेवा दिने भएको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले शनिबार बाहेकका सार्वजनिक विदाको दिनपनि सेवा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गृह मन्त्रालयले गत चैत्र २ गते नै सेवा प्रवाह सम्बन्धमा सूचना जारी गरेको थियो । सोही अनुसार शनिबार बाहेक सेवा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । बैशाख २२ गते उभौली पर्वका दिन सार्बजनिक विदा परेको र सोहीदिनदेखि सेवा सूचारु गरिने उनले बताए । सबै वडा कार्यालय, स्वास्थ्य सस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।
२०८० चैत मसान्तसम्म १५ भन्दा बढी सार्बजनिक वदा परेका छन् । उक्त दिन यहाँबाट सेवा प्रवाह हुने छ ।
जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक विदाको दिन नागरिकता लगायतका सेवा प्रदान गर्ने जनाइसकेको छ ।
प्रतिक्रिया