२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै

SansherOnline SansherOnline
सोमबार १८, बैशाख २०८० ०९:३२
आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै

 

अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई नेपालमा पनि सोमबार विविध कार्यक्रम गरेर मनाइँदैछ ।

हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यसपटक १३२ औं श्रमिक दिवसका अवसरमा सोमबार विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि विविध कार्यक्रम गर्दैछन् ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो । नेपालमा २००७ सालमा विराटनगरको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ । नेपालमा यो दिवस मनाउन थालेको लामो समय भइसक्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु भने सामाजिक सुरक्षामा समेटिन भने अझै सकेका छैनन् ।

प्रतिक्रिया