बैतडी : बैतडीको सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बोहरालाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य संयोजक समेत रहेका घनश्याम बोहरालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनीक कार्यका लागि जिम्मेवारी दिइएको मन्त्रालयले सूचना मार्फत जनाएको छ । २ महिना देखि सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन थियो ।
प्रमुख प्रशासकीय अधिकृत कवीन्द्र प्रसाद ओझाको बिदाई भएर गएपछि सिगासमा आर्थिक कारोबार ठप्प थियो । अख्तियारी आएकाले अब आर्थिक कारोबारका कामकारवाही अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका बोहराले बताए ।
प्रतिक्रिया