बैतडी : बैतडीमा एक जना युवक मृत फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका – ६ पैरेउडाका ३७ वर्षिय मदन पहरी आइतबार मृत फेला परेका हुन् ।
घर नजिकैकैको खेतको डिलमा उनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मृत फेला परेका पहरीको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
आजै दिउँसो पाटन बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको थियो । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो ।
प्रतिक्रिया