२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा महिलालाई सर्पले टोक्यो, झारफुकका क्रममा मृत्यु

SansherOnline SansherOnline
आइतबार १७, बैशाख २०८० ०८:५८
बैतडीमा महिलालाई सर्पले टोक्यो, झारफुकका क्रममा मृत्यु

 

बैतडी : बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका २ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । 

शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय बैद्यकहाँ लगिएको थियो । बैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरी निरिक्षक जोशीले बताए  । 
लुहारका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । उनकी एक छोरी रहेको बुझिएको छ । 

मृतक लुहारको शव पोष्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया