बैतडी : बैतडीको पाटन नगरपालिका– ६ को पाटन बजारमा सडक स्तरोन्नतीको लागि प्रयोग गरिन लागिएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।
पाटन बजारको कृषि विकास बैंक पछाडीको सडक स्तरोन्नतीको लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सुर्नया गाउँपालिको बचपानीबाट पाटन ल्याएको गिट्टीमा कपाल र हडीमात्र भएको टाउँको भेटीएको जनाएको छ । टाउको कुकुरले गिट्टी फालेको सडकबाट १ सय मिटर टाढा पुगाएको छ ।
घटना स्थलमा चिकीत्सक र जनप्रतिनिधीसहित मुचुलका बनाएर टाउकोलाई कालो कागजमा राखेर जिल्ला प्रहरीमा पठाएको प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरी बताए ।
प्रतिक्रिया