बैतडी : आपराधिक क्रियाकलाप नियन्त्रण गर्न बैतडी सदरमुकाम बजारमा सिसी क्यामेरा जडान गर्न थालिएको छ । बजारक्षेत्रमा चोरीसहितका अन्य आपराधिक क्रियाकलाप बढेपछि बजारमा सिसी क्यामेरा जडान गरिएको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय बैतडीको समन्वयमा क्यामेरा जडान गरिएको हो ।
नगरपालिकाको मूख्य बजारक्षेत्रमा १८ ओटा क्यामेरा जडान गरिएको छ । ५ लाख रुपैयाँको खर्चले १८ ओटा क्यामरा जडान गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राज ब। बिष्टले बताए ।
पहिलो चरणमा गढी,शाहिलेक,गोठालापानी,देहिमाण्डौ र झुलाघाटमा क्यामरा जडान गरियको छ । हप्तादिनभित्र सबै क्यामेरा राखिसकिने बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण नर्ग सहज हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।
जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको दशरथचन्द नगरपालिका नगर प्रमुख पुष्कर राज जोशीले बताउनुभयो ।
प्रतिक्रिया