२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा क्षेत्र  नं २ अन्तर्गत प्रदेश सरकारमार्फत सञ्चालन हुने योजना तर्जुमा गोष्ठी सम्पन्न

SansherOnline SansherOnline
शनिबार १६, बैशाख २०८० ०७:५९
बैतडीमा क्षेत्र  नं २ अन्तर्गत प्रदेश सरकारमार्फत सञ्चालन हुने योजना तर्जुमा गोष्ठी सम्पन्न

बैतडी : बैतडीमा आगामी आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश सरकार मातहत रहेका योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ प्राथमिकीकरण गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए । 

प्रदेश सभा क्षेत्र  नं २ अन्तर्गत रहेका पालिकाका प्रतिनिधिहरु समेतको सहभागितामा गोष्ठी सम्पन्न भएको हो । प्रदेश सभा क्षेत्र नं २ का प्रदेश सभा सदस्य शिवराज भट्टको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा पालिकाहरुलाई योजना पेश गर्नका लागि सात दिनको म्याद दिइएको कार्यालय प्रमुख जोशीले बताए । 

पालिकाहरुबाट आएका योजनाहरुलाई पछि प्राथमिकीकरण गरेर प्रदेश सरकारमा पठाइने उनले बताए । बैतडीमा प्रदेश सरकार मातहत १३ ओटा कार्यालय रहेका र ती कार्यालयमार्फत सञ्चालन हुने योजनाका बिषयमा गोष्ठीमा छलफल भएको हो । 

यस्तै प्रदेश सभा क्षेत्र नं १ मा प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पालको सहभागितामा १८ गते पाटनमा योजना तर्जुमा गोष्ठी गरिने सामाजिक विकास कार्यालयका प्रमुख जोशीले बताए । 

 

प्रतिक्रिया