२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलाका पत्रकार खत्रीमाथि कुटपीट, कुटपीट गर्ने 'मामाघर

SansherOnline SansherOnline
शुक्रबार १५, बैशाख २०८० ०९:३८
दार्चुलाका पत्रकार खत्रीमाथि कुटपीट, कुटपीट गर्ने 'मामाघर

 

दार्चुला: रेडियो चौलानी टूडे र राजधानी दैनिक पत्रिका दार्चुला संवाददाता पत्रकार अमर खत्रीमाथि शैल्यशिखर नगरपालिकाको कार्यकक्षमै सांघातिक आक्रमण भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामीका स्वकीय सचिव भनेर चिनिने नगरपालिका कर्मचारी इन्द्रसिंह धामी (नविन), इन्जिनियर योगेश सिंह धामी, कार्यपालिका सदस्य चक्र लुहार, राजेन्द्रसिंह विष्टलगायतको नगरपालिकाको कर्मचारीको टोलीले समाचार लेखेको भन्दै शुक्रबार बिहान खत्रीमाथि निर्घाट कुटपीट गरेका हुन्।

नगरपालिकाको विषयमा समाचार लेखेको भन्दै पालिकाको सभाहलमा बन्धक बनाएर कुटपीट गरेको घाइते पत्रकार खत्रीले बताए। कुटपीटबाट घाइते पत्रकार खत्रीको टाउको, मुख र हातमा चोट लागेको छ। खत्री अहिले गोकुलेश्वर अस्पतालमा भर्ना भएका छन्।

घाइते पत्रकार खत्री समाजवादी प्रेस संगठन नेपालका दार्चुला जिल्लाका अध्यक्षसमेत हुन्। आफन्तको सहयोगमा खत्रीले पीडकलाई कानूनी दायरामा ल्याउन इप्रका गोकुलेश्वरमा उजुरी दिएका छन्। कुटपीटमा संलग्नलाई जिल्ला झिकाइएको जिल्ला प्रहरीका कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए।

प्रतिक्रिया