बैतडी : बैतडीको मेलौली नगरपालिकामा कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी वडा समितिको जेष्ठ सदस्यलाई दिनुपर्ने निर्देशन दिईएको छ। नगरपालीकाले शुक्रबार एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
वडा अध्यक्षहरुले कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी प्रदान गरेको जानकारी नगरपालीकालाई नहुने गरेकाले पालिकाले यस्तो निर्देनश दिएको हो। आजबाट कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी जेष्ठ सदस्यलाई दिई नगरपालीका र जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुपर्ने जनाइएको छ।
सुचना अनिबार्य रुपमा कार्यान्वयन गर्न सबै वडालाई निर्देशन गरिएको हो।
प्रतिक्रिया