२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

जिल्ला प्रशासन बैतडीले चाडपर्व बिदाको दिन सेवा दिने

SansherOnline SansherOnline
शुक्रबार १५, बैशाख २०८० ०८:५१
जिल्ला प्रशासन बैतडीले चाडपर्व बिदाको दिन सेवा दिने

 


बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ । शनिबार बाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिइने प्रशासन कार्यालयले जनाएको छ ।

नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमितरुपमा सेवा प्रवाह गर्ने विषेश व्यवस्था गरेअनुरुप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । सरकारले वि। सं। २०८० मा सार्वजनिक बिदा दिइएको विभिन्न २४ वटा बिदाका दिनमा पनि सरकारी सेवा दिने निर्णय गरेको थियो ।

२०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ । जिल्ला प्रशासन कार्यालयले पनि यो वर्ष रहेका सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह हुने जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा ‘टाइम कार्ड’ लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार सेवाग्राहीलाई एकघण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो । सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ती, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीहरुको बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परिक्षण हाललाई  पूर्ण कागजात सहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलोपटक विद्युतीय टोकन प्रणाली शुरु गरिएको छ । सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर विद्युतीय टोकन प्रणाली शुरु गरिएको हो ।  

प्रतिक्रिया