२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बालिका बलात्कारको आरोपमा आफन्त पर्ने वृद्ध पक्राउ

SansherOnline SansherOnline
शुक्रबार १५, बैशाख २०८० ०६:२९
बालिका बलात्कारको आरोपमा आफन्त पर्ने वृद्ध पक्राउ

 

बैतडी : बैतडीमा १४ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाटन नगरपालिकाका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । वृद्धले गएको पुषमा बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । 

आरोपित वृद्धलाई मंगलबार नै पक्राउ गरि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर कमल प्रशाद चौधरीले बताउनुभयो । आरोपित पिडितका आफन्त मध्येकै पर्ने भएकाले परिचय गोप्य राखेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको  इन्सपेक्टर चौधरीले बताउनुभयो।

आरोपितमाथी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया