२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा महिला हिंसा न्यूनीकरणका सवालमा छलफल र अन्तरक्रिया सम्पन्न

SansherOnline SansherOnline
बिहिबार १४, बैशाख २०८० ०९:०९
बैतडीमा महिला हिंसा न्यूनीकरणका सवालमा छलफल र अन्तरक्रिया सम्पन्न

 

बैतडी : जिल्ला प्रशासन कार्यालयबैतडीको हलमा महिला हिंसा न्यूनीकरणका सवालमा छलफल गर्दै अन्तरक्रिया सम्पन्न गरेको छ अन्तरक्रियामा आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, आयोगका प्रवक्ता चमिला भट्टराई लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

आयोगले हिंसा अन्त्यका लागि स्थानीय तहको न्यायिक समिति, प्रहरीको महिला सेल र नागरिक समाजका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको हो । 

अन्तरक्रिया कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कुप्रथा, कुरीती र बालविवाहका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारीले प्रस्तुत गरेको कार्यपत्र अनुसार गएको साउनदेखि अहिले सम्म प्रहरीमा घरेलु हिंसाका १९ र लैगिंक हिंसाका ११ ओटा उजुरी दर्ता भएका छन् । ती मध्ये २१ ओटामा मिलापत्र गरिएको छ भने बाँकी उजुरीमाथि छानबीन भइरहेको छ । 

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले हिंसापीडित महिलाहरुका लागि स्थापना गरिएको बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी देशभरीमै उत्कृष्ट रहेको बताएकी छन्। 

अन्र्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन। ‘ जिल्ला अस्पतालमा स्थापना गरिएको ओसिएमसी उत्कृष्ट लाग्यो,’ उनले भनिन्, ‘यस्तो होला भनेर मैलै कल्पनै गरेको थिइन्।’

ओसीएमसीमा बसेर सेवा लिइसकेपछि हिंसापीडित महिलाहरुलाई घर फर्किन समस्या हुने गरेको जिल्ला अस्पताल बैतडीका डाक्टर तथा केन्द्रका संयोजक थानेश्वर न्यौपानेले बताए। 

एक चोटीमा चार जनालाई बस्न मिल्ने गरी बनाइएको ओसीएमसीले दिने सेवा सम्बन्धि जिल्लाभरीमा ६० जना स्वास्थ्यकर्मीसँग सचेतनामुलक कार्यक्रम गरिएको र आम संचार माध्यमद्वारा सन्देश दिने गरिएको उनले बताए। 

आयोजना गरेको कार्यक्रममा महिला आयोगकी अध्यक्ष पराजुली विभिन्न स्थानीय तहका उप प्रमुख, समन्वय समिति, राजनीतिक दल र अधिकारकर्मीहरुको सहभागीता थियो। 

प्रतिक्रिया