बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ कपीन्नाका मनोज भट्ट गएको ६ महिनादेखि भारतमा बेपत्ता भएका छन् । भारतको दिल्लीबाट रोजगारीका लागि हिमाञ्चलको सिम्ला गएका मनोज ६ महिनादेखि सम्पर्क विहिन रहेका उनका दाजु नवराज भट्टले बताए ।
पहिला भारतको दिल्लीमा आफ्ना दाजु नवराजसंगै नोकरी गर्दै आएका मनोज सिम्ला गएपछि सम्पर्क विहिन भएका पारिवारिक श्रोतले जनाएको छ ।
अन्दाजी २६ बर्षीय मनोज बेपत्ता भएपछि घरपरिवार शोकमा डुबेको छ । उनका एक छोरा र श्रीमति रहेका छन् । कसैले मनोजलाई फेला पारेमा नजिकको प्रहरीमा बुझाइदिन समेत आग्रह गरिएको छ ।
कसैले मनोजलाई फेला पारेमा ९८६५९०१७६१ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । मनोज बेपत्ता भएपछि घरपरिवारको बिचल्ली भएको उनका भाउजु यशोदादेवी भट्टले बताइन् । गएको असोजदेखि बेपत्ता भएका देवरको अहिले सम्म कुनै पत्ता नलाग्दा चिन्ता बढ्दै गएको उनले बताइन् ।
प्रतिक्रिया