२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

चितवनमा रवि जित्दा बैतडीमा विजयउत्सव

SansherOnline SansherOnline
बुधबार १३, बैशाख २०८० ०२:५८
चितवनमा रवि जित्दा बैतडीमा  विजयउत्सव

 

बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले पार्टी सभापति रवि लामिछानेले जितेको खुसीयाली मनाइएको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा परिवर्तनका पक्षधरहरुले चितवनमा भएको उपनिर्वाचनमा विजयी  बनेका रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल  र्‍याली निकालेका हुन्। उनीहरुले जिल्लाको पाटनमा आज  विजयी र्‍याली निकालेका थिए।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भइसकेका छन्।

लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए। नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

गएको मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँबाट लामिछाने नै निर्वाचित भएका थिए। नागरिकता प्रकरणमा उनले पद गुमाएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो।

 

 

 

 

प्रतिक्रिया