२०८१ जेठ ०३ गते बिहिबार
ट्रेन्डिङ

पुषे १५ मा बैतडी समाज कैलालीको सधारण शभा हुने तयारी पूरा

SansherOnline SansherOnline
बुधबार १४, पुष २०७८ ०८:२२
पुषे १५ मा बैतडी समाज कैलालीको सधारण शभा हुने तयारी पूरा


यहि  पौष १५ गतेका दिन वैतडी समाज कैलालीले बैतडी पुर्ख्यौली घर भै हाल कैलालीको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका बैतडेली हरु एकजुट भएर विभिन्न समाजिक सेवा का कार्य गर्ने उद्देश्यका साथ  स्थापना भएको  बैतडी समाज कैलालीू ले तेस्रो साधारण सभा सम्पन्न गर्ने  सम्पुर्ण तयारी पूरा गरेको छ।

सुदुर पश्चिमेलिहरु विशेष गरि बैतडेली हरुको मौलिक र महत्त्वपूर्ण पर्व पुषे १५ को  दिन पारेर हुन गै रहेको उक्त कार्यक्रमले ओझेल पर्दै गएको पुषे १५ को महत्त्व लाई पनि झल्किने गरि समाजले आफ्ना साँस्कृतिक कार्यक्रम गर्ने कुरा समाजका अध्यक्ष माया प्रकाश भट्ट ले बताउनु भएको छ ।।

पुष १५ गते बिहानै सहिद गेट मा उपस्थित भै शहिद दशरथ चन्द को शालिक मा फुल गुच्छा अर्पण गरि अमर शहिद प्रति श्रद्धा सुमन ब्यक्त गर्ने कार्यक्रम रहेकोे छ भने धनगढीको ट्राफिक चौराह बाट ९ बजे बिहान छलिया नाँच सहितको झाँकी बनदेबी परिसर हुँदै समाज को प्रस्तावित बहुउद्देश्यीय भवन निर्माण स्थल तारानगर पुगि ११स्३० बजे नगर प्रमुख ले उदघाटन गर्ने उक्त कार्यक्रम मा लोक गायक महेश औजिको विशेष प्रस्तुति सहित फागर देउडा र भस्डा, हुड्क्यौलि ९देव गाथा र वीर गाथा गायन० छलिया नाँच र अन्य बैतडेली साँस्कृतिक झलक का कार्यक्रम पनि प्रस्तुत हुने कुरा कार्यक्रम का सँयोजक श्री गजेन्द्र वीर चन्द ले बताउनु भएको छ।
उक्त कार्यक्रम अबलोकन का लागि सम्पुर्ण धनगढी बासी मा सँयोजक गजेन्द्रवीर चन्द ले हार्दिक आमन्त्रण समेत गर्नु भएको छ।

प्रतिक्रिया