२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

SansherOnline SansherOnline
बुधबार १३, बैशाख २०८० ०९:१९
दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

दार्चुला : दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । व्याँस  गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

बडूको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि उनलाई बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । 

प्रतिक्रिया