२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको सदरमुकाम चार दिनमा एक छाक पानी वितरण

SansherOnline SansherOnline
बुधबार १३, बैशाख २०८० ०८:४६
बैतडीको सदरमुकाम चार दिनमा एक छाक पानी वितरण

बैतडी : बैतडी सदरमुकामको खानेपानी समस्या समाधानका लागि विभिन्न पक्षहरू लागिपरिरहेको बताए पनि खानेपानी उपभोक्ताहरूको समस्या जस्ताको तस्तै  रहेको छ। दशरथचन्द नगरपालिका ४ स्थित सदरमुकाममा खानेपानीको अभाव भएको छ । 

 सदरमुकामवासीलाई चार  दिनपछि एक पटक पानी दिन थालिएको छ। बैतडी साना सहरी खानेपानीका पाइपमा चुना जमेर पानी आपूर्ति कम भएको भन्दै सदरमुकामका गढी,शाहिलेक र गोठालापानी बजार क्षेत्रमा चार दिनमा एक छाक पानी दिन गरीयको हो । 
सदरमुकाम क्षेत्रमा १६ सय धारा रहेका छन यहाँ दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्क पर्छ । छ इन्च व्यास भएको पाइपभित्र चुना (क्याल्सिइक) जम्दा पाइपको व्यास चार इन्चमा झरेको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए । 

सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल दैनिक तीन लाख लिटर पानी आपूर्ति हुन थालेपछि चार दिनमा एक छाक पानी दिने गरेको उनले बताए।

सात वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द हुने अवस्था आएपछि सदरमुकाममा खानेपानीमा सङ्कट चुलिएको छ। तीन दिनमा एक पटक पानी आउन थालेपछि सदरमुकाम क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थी र होटल सञ्चालक समस्यामा परेका स्थानीय बताए ।

जनप्रतिनिधि बिलासी बनेका कारण सर्वसाधारणले चार दिनमा एक छाक बासी पानी खानु परेको नागरिक समाज बैतडीका प्रकाश चन्दले बताउनुभयो । 
चन्दले भन्रुभयो सदरमुकाममा चार दिनमा एक छाक पानी आउन थालेको छ यो कुरा जनप्रतिनिधिले थाहा पाएका छन तर समाधान गर्नेतिर लागेको देखिएन । 

सदरमुकामको खानेपानी समस्याका बारेमा दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिक्रम चन्दले साना सहरी खानेपानी मर्मतका लागि नगरपालिबाट १० लाख रुपैयाँ बिनियोजित गरेर मर्मतका लागि सम्झौता भएको बताउनुभयो 

जिल्ल सदरमुकामममा २०१८ सालमा खानेपानी आपूर्ति हुदै आएको सुतीगाड खानेपानी मर्मतका लागि सुदूरपश्चिम प्रदेस सरकारबाटसमेत बजेट आएको चन्दले जानकारी दिनुभयो । 


 

प्रतिक्रिया