२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगासमा २ दिने आँखा शिविर सुरु,आज पहिलो दिन १८७ जनाले सेवा लिए

SansherOnline SansherOnline
मङ्गलबार १२, बैशाख २०८० १०:०५
सिगासमा २ दिने आँखा शिविर सुरु,आज पहिलो दिन १८७ जनाले सेवा लिए

 

बैतडी : गेटा आँखा अस्पतालको आयोजनामा बैतडीको सिगास गाउँपालिकामा नि:शुल्क आँखा शिविर सुरु भएको छ । आज र भोलि आयोजना हुने शिविरको औपचारिक उद्घाटन गरिएको हो ।

गेटा आँखा अस्पतालको आयोजना तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको सहयोगमा उक्त शिविर सिगास गाउँपालिका – ८ मा रहेको शिवलिङ्ग स्वास्थ्य चौकीमा आज र भोलि गरी २ दिन सञ्चालन हुने छ ।

शिविरको पहिलो दिन आज ८७ महिला र १ सय पुरुष गरि जम्मा १ सय ८७ जनाले आँखा सम्बन्धी सेवा लिएका छन् जसमध्ये ११% वा २१ जनाको मोतिबिन्दुको शल्यक्रिया समेत भएको शिवलिङ्ग स्वास्थ्य चौकीले जनाएको छ ।

शिविरको दोस्रो दिन भोलि १३ गते बिहानै देखि सेवा सन्चालन हुने जनाइएको छ । शिविरमा मोतिबिन्दु लगायत आँखाका रोगिहरूको नि: शुल्क अप्रेसन तथा औषधी उपचार गरिने सूचनामा उल्लेख गरिएको छ । अप्रेसन गर्नुपर्ने बिरामीले खाने, बस्ने, ओछ्याउने व्यवस्था आफैले गर्नुपर्ने र बिरामीको साथमा १ जना अविभावक हुनुपर्ने छ ।

यस अघि सिगास गाउँपालिकाको आयोजना तथा डडेलधुरा अस्पतालको सहजीकरणमा २०७९ चैत २२ गते देखि २८ गते सम्म दन्त शिविर सहित जनरल ओपिडी सेवा, अपाङ्गता भएका व्यक्तिको अपाङ्गता पहिचान तथा स्तर निर्धारण, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, पाठेघर खसेका महिलाको लागी रिङ पेसरी लगायतका सेवा ९ वटै वडाका विभिन्न स्वास्थ्य चौकी मार्फत प्रदान गरेको थियो ।

 

प्रतिक्रिया