२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलाका एकजना अत्तरियाको होटेलमा मृत फेला

SansherOnline SansherOnline
मङ्गलबार १२, बैशाख २०८० ०२:३९
दार्चुलाका एकजना अत्तरियाको होटेलमा मृत फेला

 

कैलाली : दार्चुलाका एकजना अत्तरियाको एक होटेलमा मृत फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा दार्चुलाको ब्यास गाउँपालिका–३ का ४० बर्षिय मोहनसिंह डडाल मृत फेला परेका हुन् ।

उनी उक्त होटलमा बैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा बैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका प्रहरीले जनाएको छ । 

उनको शव शौचालयको शावरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया