२०८१ कार्तिक २५ गते आइतबार
ट्रेन्डिङ

आफ्नै रेकर्ड तोडे रवि लामिछाने भारी मतान्तरसहित फेरि निर्वाचित

SansherOnline SansherOnline
मङ्गलबार १२, बैशाख २०८० ०१:२७
आफ्नै रेकर्ड तोडे  रवि लामिछाने भारी मतान्तरसहित फेरि निर्वाचित

 

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। 

अन्तिम मत परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए । साथै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर  ४३ हजार बढी छ। त्यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९३६  मतसहित तेस्रो बने।

चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए ।

 

प्रतिक्रिया