काठमाडौं : काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाज ५७६ एफजेड दुबई इन्टरनेशनल एयरपोर्टमा सकुशल अवतरण गरेको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ बजेर २१ मिनेटमा उडेको जहाज दुबईको स्थानीय समय अनुसार १२ बजेर १४ र नेपाली समय अनुसार सोमबार राती २ बजे अवतरण गरेको हो ।
टेकअफ गर्नेबित्तिकै चरा ठोक्किएर आगलागी भएको विमान सरासर दुबई इन्टरनेशनल एयरपोर्टमा सुरक्षित र सुकुशल अवतरण गरेको हो । बिमानमा चरा ठोक्किएर एउटा इन्जिनमा आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिएर जहाज सरासर दुबई उडेको फ्लाई दुबई (गभरमेन्ट अफ दुबई मिडिया अफिस)ले जनाएको छ ।
अवतरणका बेला कुनै समस्या देखिए सुरक्षित बनाउनका लागि दुबई इन्टरनेशनल एयरपोर्ट तयारी अवस्थामा राखिएको थियो ।
जहाजमा १६८ जना यात्री र ७ जना चालक दलका सदस्य गरी १७५ जना सवार थिए ।
प्रतिक्रिया