काठमाडौं : काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो लागेको फ्लाइ दुबइको जहाजलालई काठमाडौं वा भैरहवामा अवतरण गर्ने अनुमान गरिएको थियो ।
तर जहाज अहिले भारत पुगेको छ । भारतमा अवतरण गर्ने अनुमान गरिएको जहाज अझै आफ्नो यात्रामा निरन्तर देखिएको छ ।
नयाँ दिल्लीको आकाशमा पुगेको जहाज अझै ३४ हजार फिट माथि नै छ । जसले जहाज अवतरणको तयारी भइरहेको देखाउँदैन ।
उनले आफ्नो जहाजको अवस्था ठिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी गराएका छन् । यसर्थ यात्रुलाई कुनै जोखिम नरहेको बताइएको छ ।
जहाजको एउटा इन्जिनमा आगलागी भए पनि काठमाडौंको आकाशमै होल्ड गराएर आगो नियन्त्रणमा लिइएको र जहाज आफ्नो गन्तव्यतर्फ निरन्तर उडिरहेको बताइएको छ ।
प्रतिक्रिया