२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

गाउँभरीका दलीतका शव एकै खाडलमा पुर्ने चलन

SansherOnline SansherOnline
सोमबार ११, बैशाख २०८० ०८:०१
गाउँभरीका दलीतका शव एकै खाडलमा पुर्ने चलन

बैतडी : हिन्दु परम्परा अनुसार सामान्यतया जलाएर नदीमा दाहसंस्कार गर्ने चलन छ । तर बैतडीको पुर्चौडी नगरपालिका-९ तल्लादेही भमतोलामा भने गाउँभरीका कसैको पनि मृत्यु भएमा एकै खाडलमा शव पुर्ने चलन छ । जातीय आधारमा पुर्खादेखिनै दलीतहरुका शव निश्चित ठाउँमा बनाएका दुई वटा खाडलमा मात्रै पुर्नुपर्ने अवस्था छ । 

भमतोला जंगल स्थीत जेठि बहुरानी जङ्गलमा वर्षौ पहिला बनाइएका २ खाडलमा करिव १ सय ५० दलित परिवारका मृतकको शव पुर्ने गरिन्छ ।

शव पुर्नका लागि पुस्तौँ पहिला ५-५ फिटका २ खाडल बनाइएको र सोही खाडलमा मृत्यु हुने सबै दलीका शवहरु गाड्ने गरिएको स्थानीय राकेश चुनाराको भनाई छ ।

उहाँले भन्नुभयो, ‘पुर्खादेखिनै यसरीनै चल्दै आएको छ, त्यतीबेला जातीय विभेद भएर शव समेत अगल गाड्न थालेका दलीत समुदायहरुले अझै सम्म पनि नदीमा दाहसंस्कार गर्दैनन् । त्यतिबेलाको विभेद अहिले परम्परामा परिणत भएको छ ।’ 
तल्लादेहीका बसौरा, डाँडाखाली र पोखरी गाउँको दलित समूदायका चुनारा, लुहार र पार्की समुदायका व्यक्तिको मृत्यु भएमा एकै खाडलमा पुर्ने गरिएको हो । 

यी गाउँका व्यक्तिहरुको दैनिक मृत्यु भएपनि पुरानो शव निकाल्दै नयाँ शव गाड्ने गरिन्छ । पुरानो शव खाडलबाट निकालेर जङ्गलमा फाल्ने गर्दा जङ्गलभरी मानव कंकाल र हड्डीहरु जताततै भेटिने गरेका छन् । जंगलमा रहेका २ खाडल बाहेक अरु ठाउँमा खाडल नपाइने धार्मिक मान्यतालाई उनिहरुले आत्मासात गर्दै आएका छन् । चुनाराका अनुसार विभेदले पिल्सिएको दलीत समुदाय विभेदलाई समेत परम्परा मान्न बाध्य छ । 

त्यहाँ नजिकका मन्दिरहरुमा पुला लागेको दिन यदी कसैको मृत्यु भएमा कपालमात्रै जलाएर गाड्ने चलन छ, भने अरु दिनमा चिता जलाएर बाँकी रहेको अवसेर खाल्डोमा पुर्ने चलन छ । उक्त चिहानमा पानीको व्यवस्था समेत छैन्, हिन्दु धर्म अनुसारनै सदगद् गर्ने दलीत समुदायका व्यक्तिहरुले पानीको अभावका कारण व्यवस्थित रुपमा दाहसंस्कार गर्न पाएका छैनन् । हिन्दु परम्परा अनुसार व्यक्तिको शव जलाएपछि नदिमा विशर्जन गर्ने चलन छ । 

वातावरणीय र स्वास्थ्यका दृष्टीकोणले मानव शरीर खुल्ला छोड्दा  जोखीम हुने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टको भनाई छ । हिन्दु परम्परानै मान्ने तर दलीतका शव मात्रै एकै ठाउँमा गाड्ने परम्परा संग विभेद जोडिएको अधिकारकर्मी सरस्वती नेपालीको भनाई छ । उहाँले भन्नुभयो ‘यो चेतनासंग पनि सम्बन्धित छ ।, अनेकौन धार्मिक बन्देज लगाएर दलितमाथि हुने यस्ता विभेदको अन्त हुन जरुरी छ ।’

पुरानो शव निकालेर नयाँ गाड्ने कुरा स्वास्थ्यका दृष्टीकोणले पनि उपयुक्त नभएकाले वैज्ञानिक तवरले दाहसंस्कार गर्ने प्रचलन बसाउनुपर्ने स्वास्थ्य कार्यालय प्रमुख योगेश भट्टको भनाई छ । 

प्रतिक्रिया