२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुर्नयाले स्वकीय सचिवलाई अवकाश दिने,तलब भत्ता फिर्ता

SansherOnline SansherOnline
आइतबार १०, बैशाख २०८० ०६:१०
सुर्नयाले स्वकीय सचिवलाई अवकाश दिने,तलब भत्ता फिर्ता

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियम विपरीत स्वकीय सचिव राखेर तलब भत्ता दिएको बिषयमा व्यापक आलोचना भएपछि गाउँपालिकाले आज एक विज्ञप्ती जारी गर्दै सेवा सुविधा बाफतको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको छ 

गाउँपालिकाले स्वकीय सचिवसंग सम्बन्धित समाचारका बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्वकीय सचिवहरुले अहिले सम्म तलब बाफत बुझेको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको छ । आज गाउँपालिकाको बैठकबाट सचिव सम्बन्धी कार्यविधि नबनुञ्जेल सम्मका लागि अवकाश दिने निर्णय समेत भएको गाउँपालिकाका प्रवक्ता प्रताप महराले जानकारी दिए । स्वकीय सचिवहरुलाई सोमबारदेखि लागु हुने गरेर अवकाश दिने निर्णय भएको महराले बताए ।  

नियम विपरीत स्वकीय सचिवलाई तलब भत्ता खुवाएको बिषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो भने सञ्चार माध्यमहरुमा समेत समाचार प्रशारण र प्रकाशन भएको थियो । 

सुर्नया गाउँपालिकाको ०७९ पौष १० गते बसेको कार्यपालिका बैठकले स्वकीय सचिव राख्ने निर्णय गर्दै उनीहरुलाई पौष ११ गते करार नियुक्ती दिएको थियो । अध्यक्षको स्वकीय सचिवलाई ३४ हजार र उपाध्यक्षको स्वकीय सचिवलाई ३२ हजार मासिक दिने गरिएको थियो । सम्झौता पौषमा गरेको भएपनि उनीहरुलाई साउनबाटै तलब भत्ता उपलब्ध गराइएको थियो । 

प्रतिक्रिया