२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

मेलौलीमा सञ्चालन भएको स्वास्थ्य शिविरबाट ४ हजार ५ सय जनाले सेवा लिए

SansherOnline SansherOnline
आइतबार १०, बैशाख २०८० ०४:४४
मेलौलीमा सञ्चालन भएको स्वास्थ्य शिविरबाट ४ हजार ५ सय जनाले सेवा लिए

बैतडी : बैतडीको मेलौलीमा शुक्रबार देखी सञ्चालन बृहत स्वास्थ्य शिविरबाट ४ हजार ५ सय जनाले सेवा लिएका छन्। मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका गरी ४ हजार ५ सय जनाले सेवा लिएका हुन् ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र मणिलेक माबि काँडा मेलौलमा सञ्चालन भएको शिविरमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुषले सेवा लिएका शिविरका संयोजक गजेन्द्र वीर चन्दले जानकारी दिए । 

बैतडी समाज कैलाली, च्यारेटी हेल्थ फाउण्डेसन र धनगढी नेत्रालयको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो । बैतडी पुख्र्यौली घर भई हाल कैलालीमा बस्दै आएका व्यक्तिहरुको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तरगत शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। 

प्रतिक्रिया