बैतडी : बैतडीमा एक किसानको कुखुराले अनौठो फुल पारेको छ । नियमित फुल पर्ने कुखुराले शनिबार भ्रूण आकारको अनौठो अण्डा दिएपछि किसान चकित परेका छन
दशरथचन्द नगरपालिका.४ शाहीलेक स्थित एमएस भण्डारीले पालेका स्थानीय जातको पोथी कुखुराले करिब चार इन्च लाम्चो भ्रूण आकारको फुल पारेको हो ।
कुखुराले अनौठो फुल पारको विषयमा भेटनेरी अस्पताल बैतडीका निमित्त प्रमुख गुमानीदत्त पन्तले हर्मोनका कारण योस्तो भएको हुन सक्ने बताउनुभयो
उहाँले भन्रुभयो अण्डाको आकार हेर्दा जुम्ल्याहा जस्तो तर जोडिएर बनेको देखिन्छ । दानापानी हार्मोनका कारण यस्तो भएको हुनसक्छ ।
प्रतिक्रिया