२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

अब बैतडीको स्वराड उज्यालो, सव स्टेशनको निर्माण कार्य पुरा

SansherOnline SansherOnline
आइतबार १०, बैशाख २०८० ०७:०८
अब बैतडीको स्वराड उज्यालो, सव स्टेशनको निर्माण कार्य  पुरा

बैतडी : बैतडीको तल्लोस्वराड क्षेत्रका ३३ केभी बिजुलीको सव स्टेशनको निर्माण कार्य पुरा भएको छ 

स्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिका,शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा बिजुली बिस्तार गर्न २०७५ सालमा सुरु भएको सव स्टेशनको निर्माण कार्य पुरा भएको हो 

नेपाल सरकारको बिद्युत वितरण केन्द्र अत्तरियामार्फत १२ करोडको ठेक्का सम्झौतामा बिद्युत सव स्टेशनको काम पुरा भएको निवर्तमान मेयर कृष्णसिंह नायकले बताउनुभयो । 
बिद्युत सव स्टेशनको शुक्रबार सुदुरपश्रिवम प्रदेशसभा सदस्य शिवराज भटले स्थलगत निरीक्षणसमेत गर्नु भएको छ । 

१० रोपनी क्षेत्रफलमा फैलिएको सव स्टेशनसम्म जाने बाटो पिच भएको छ भने कार्यालयको घर,आवास र सुरक्षा गर्ड बस्ने घर निर्माण भएर रंगरोगनको कामसमेत पुरा भएको छ 
तल्लो स्वाड उज्यालो पर्न अब बिद्युत मेशिन जडान गर्ने काम मात्र बाँकी रहेको निवर्तमान मेयर नायकले जानकारी दिनुभयो । 

उहाँले भन्रभयो सव स्टेशनको भौतिक निर्माणको काम सकिएको छ । अब बिद्युत वितरण केन्द्र अत्तरियाले मेशिन जडान गरिदिए २०८० असारभित्रै स्वराडमा बिजुली बल्छ । तर, उपकरण जोडानका लागि अहिलेसम्म कुनै पहल हुन सकेको छैन मेरो पालामा सुरु भएको सव स्टेशन निर्माणको काम सम्पन्र हुदा खुसी लागेको छ 

शुक्रबार सव  स्टेशनको निरीक्षण गर्नुहुँदै प्रदेश सभास सदस्य शिवराज भट्टले उपकरण जडानका लागि अत्तरिया स्थित बिद्युत वितरण प्रादेशिक कार्यालयको ध्यानाआकर्षण गराउने बताउनुभयो पाटनदेखि मेलौलीसम्म बिजुलीका तार तान्रे काम सकिए पनि केही स्थानमा पोल ढलेर तार चुँडिएका छन भने शिवनाथ र पञ्चेश्वरमा बिद्युतका पोल बिस्तार गर्न बाँकी छ । स्थानीय सरकारले तदारुकता देखाउन सके यही असारभित्र स्वराडमा बिजुली बल्ने स्थानीयवासी मशेदत्त भट्टबताउनुहुनछ 

प्रतिक्रिया