२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

तुइनबाट महाकाली नदीमा खसेर दार्चुलाका एक पुरुष बेपत्ता

SansherOnline SansherOnline
शनिबार ०९, बैशाख २०८० ०३:०३
तुइनबाट महाकाली नदीमा खसेर दार्चुलाका एक पुरुष बेपत्ता

 

दार्चुला : दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिए ।

आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको उनले बताए ।

बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयहरुले खोजी गरिरहेका छन्  ।

प्रतिक्रिया