२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाईते

SansherOnline SansherOnline
शनिबार ०९, बैशाख २०८० ०२:३३
कैलालीमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाईते

 

कैलाली : कैलालीका स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं. ११ बेलाका ७० बर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

स्कारपियोमा सवार अन्य ५ जना घाईते भएका छन । घाईतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. २ का ४२ बर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका वडा नं. ६ मटीयारीका ४२ वर्षिय भरत बहादुर चन्द, सोही ठाउँका ४८ बर्षीय बसन्त बहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्धारबाट आएको उक्त स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना भएको बताईएको छ ।

प्रतिक्रिया