२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा फैलिदैँ नयाँ संक्रामक रोग ‘लम्पी स्किन’

SansherOnline SansherOnline
शनिबार ०९, बैशाख २०८० १२:५९
बैतडीमा  फैलिदैँ नयाँ संक्रामक रोग ‘लम्पी स्किन’

 

बैतडी : लम्पी स्किन’ नामक नयाँ संक्रामक रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी हुने र मर्ने दर बढ्न थालेको छ। बैतडीमा  गत मंसिरमा मेलौली र पाटन नगरपालिकामा देखा परेको पशु चौपायामा लाग्ने लम्पी स्कीन रोग अहिले सबै पालिकामा फैलिएको हो । 

लम्पी स्कीन बैतडीका पाटन नगरपालिका, मेलौली नगरपालिका सहित शिवनाथ, सिगास, सुर्नया र दोगडाकेदार गाउँपालिकामा प्रकोपको रुपमा फैलिएको छ । सुर्नया गाउँपालिकामा लम्पी स्कीनका कारण १२ पशु चौपायाहरु मरेका र २४० पशु्चौपायामा संक्रमण पुष्टि भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख शरद प्रशाद पन्तले जानकारी दिनुभयो । ‘लम्पी स्कीन अहिले प्रकोपको रुपमा फैलिरहेको छ’ उहाँले भन्नुभयो ‘यसका कारण मरेका र संक्रमण देखीएका पशुहरुको तथ्यांक अझै बढ्न सक्छ ।’ 

जिल्लाको सिगास गाउँपालिकामा पनि महामारीका रुपमा लम्पी स्कीन फैलिएको छ । पालिकाका सबै वडा र टोलहरुमा यो रोगको संक्रमण देखा परेको पशु सेवा शाखाका प्रमुख गणेश बोहराले जानकारी दिनुभयो । ‘पशु चौपायामा देखीने यो रोग माहामारीकै रुपमा फैलिएको छ, पालिकाले सबै वडाहरुबाट तथ्यांक संकलनको काम गरीरहेको छ’ उहाँले भन्नुभयो । 

दुधालु गाइभैसीमा यो रोग लाग्ने वित्तीकै ५० प्रतिशतसम्म दुध उत्पादनमा कमि आउने गरेको चिकित्सकिले बताएका छन्। रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने बताइएको छ। यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको छ।

उड्ने किराले संक्रमण फैलाउने गरेका छन्। यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ। उक्त रोग सुदूरपश्चिम प्रदेशका बैतडी,दार्चुला, बझाङ, बाजुरा, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलालीमा लम्पी स्किन फैलिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुचिकित्सक डाक्टर हेमराज अवस्थीले बताए।

यस्तै, कृषकहरुलाई पनि असर गर्ने र रोग लागेर निको भएका पशुको छालामा हुने परिवर्तनका कारण थप जटिलता आउने पशुचिकित्सक बताउँछन्। रोगको नियन्त्रण तथा रोकथामका लागि खोपको विकल्प छैन्।  

 

 

प्रतिक्रिया