२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

मेलौलीमा बृहत स्वास्थ्य शिविर सञ्चालन , मुख्यमन्त्रीद्धारा उद्घाटन

SansherOnline SansherOnline
शुक्रबार ०८, बैशाख २०८० १०:०५
मेलौलीमा बृहत स्वास्थ्य शिविर सञ्चालन , मुख्यमन्त्रीद्धारा उद्घाटन

 

बैतडी: बैतडीको मेलौलीमा शुक्रबारदेखि बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । बैतडी समाज कैलालीको आयोजना र मेलौली नगरपालिकाको सहकार्यमा शिविर सञ्चालन भएको हो । 

स्वास्थ्य शिविरको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमकाबीच शुक्रबार उद्दघाटन गरेका छन् । स्वास्थ्य शिविर उद्दघाटन कार्यक्रममा बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाका प्रदेशसभा सदस्य विक्रमसिंह धामी लगायतको उपस्थिती रहेको थियो ।

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकको बिशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।

तीनदिन सम्म सञ्चालन हुने शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका मेलौली नगरपालिकाले जनाएको दिए । शिविरमा आँखा, नाक, कान, घाँटी सम्बन्धी सेवा दिइनुका साथै अन्य सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

शिविर सञ्चालनमा बैतडी समाज कैलालीका साथै धनगढी नेत्रालय, च्यारेटी हेल्थ फाउण्डेसन लगायतका संस्थाहरुको समेत सहयोग रहेको छ । शिविरको उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्ता शिविरहरुले सहयोग गर्ने बताए । अगामी दिनमा पनि सरकारले यस्ता कार्यक्रम गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया