बैतडी : बैतडीका ५ ओटा पालिकाले भूमीहिन र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सकाएका छन् । राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीका ५ ओटा पालिकाले भूमीहिन र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सकाएको जानकारी दिएको छ ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अनुसार पुर्चौंडी ,पाटन नगरपालिका ,सुर्नया शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको तथ्यांक संकलन कार्य सम्पन्न भएको हो ।
पञ्चेश्वर गाउँपालिकामा २४५ भूमीहिन दलित, ६ परिवार भूमीहिन सुकुम्बासी र ३९६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै सुर्नया गाउँपालिकामा ७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी रहेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैगरी पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै पाटन नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, ६४ परिवार भूमीहिन सुकुम्बासी र १५१ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमीहिन दलित, ७ परिवार भूमीहिन सुकुम्बासी र ३४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।
यस्तै अन्य पालिकाहरुलाई छिटो विवरण पठाउनका लागि आग्रह गरिएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धनबहादुर ऐरले बताए । पालिकाहरुको ढिलाईका कारण आयोगमा तथ्यांक पठाउन समस्या भइरहेको उनले बताए ।
पालिकाहरुले तथ्यांक संकलन गरेका भएपनि विवरण बुझाउन ढिलाई गरिरहेका राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए ।
प्रतिक्रिया