२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीमा लागू औषधसहित एक महिला पक्राउ

SansherOnline SansherOnline
शुक्रबार ०८, बैशाख २०८० ०१:५३
कैलालीमा लागू औषधसहित एक महिला पक्राउ

 

कैलाली : कैलालीमा लागूऔषधसहित एक जना महिला पक्राउ परेकी छन् । 

जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनलाई ३ सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । 

प्रतिक्रिया