२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा मुख्य मन्त्री शाहलाई भव्य स्वागत, जनप्रतिनिधिलाई प्रक्रियागत ढंगले मात्रै काम गर्न निर्देशन

SansherOnline SansherOnline
बिहिबार ०७, बैशाख २०८० ०९:००
बैतडीमा मुख्य मन्त्री शाहलाई भव्य स्वागत, जनप्रतिनिधिलाई  प्रक्रियागत ढंगले मात्रै काम गर्न निर्देशन

बैतडी : बैतडीमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई भव्य स्वागत गरिएको छ ।  मुख्यमन्त्री शाहले बैतडी गढी स्थीत सहिद दशरथचन्दको शालीकमा माल्यार्पण गरेका छन् । 

मुख्यमन्त्री बनेपछि पहिलो पटक बिहिबार बैतडी पुग्नु भएका मुख्यमन्त्री शाहले स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै  स्थानियतहका जनप्रतिनिधिहरुलाई प्रक्रियागत ढंगले मात्रै काम गर्न निर्देशन दिएका छन् ।  बैतडी भ्रमणका क्रममा रहनुभएका मूख्यमन्त्री शाहले जनप्रतिनिधीहरुलाई  पाट्रीगत विभेद नगर्न सुझाव दिए । 

उनले भने,‘हरेक आयोजना आवश्यकताका आधारमा प्रकृयागत ढंगले ल्याउनुस् । जनहितमा काम गर्नुस, प्रदेश सरकार सधैँभरी तपाईका योजनामा साथ दिन्छ । जनप्रतिनिधिले जनतालाई हामी सहि मार्गमा छौँ भन्ने सन्देश दिनुपर्छ ।’

मुख्यमन्त्री शाहले भने, ‘हामिप्रतिको विश्वास घट्दै गयो भने संविधान र संघीयताप्रतिकै विश्वास टुट्ने छ ।,’ 
उपलब्ध श्रोत साधानलाई पनि सही ढंगबाट परिचालन गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहको भनाइ छ । ‘हामिसँग सिमित श्रोत साधान छ, भएको श्रोत साधन पनि सहिंढंगले परिचालिन गर्दिए हुन्थ्यो भन्ने सन्देश दिन आवश्यक छ ।,’ जनताको विश्वास जितेर जनतासँगै सहयात्रा गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ छ । 

सुदूरपश्चिमको विकासका लागि तीनै तहको सरकारले हातेमालो गर्नु आवश्यक रहेको मुख्यमन्त्री शाहले औंल्याए ।
वडा तहबाटै छनौट भएर आएका योजनालाई प्राथमिकतामा राख्नुपर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन् । वडाअध्यक्ष लगायत वडाका जनप्रतिनिधिहरू जनताका समस्यासँग प्रत्यक्ष जोडिने भएकाले वडाबाटै प्रक्रियागत ढंगबाट आएका योजनाहरूलाई सरकारले अघि बढाउने बताए ।

प्रतिक्रिया