बैतडी : आज मातातिर्थ औसीँ अर्थात `आमाको मुख हेर्ने दिन´ आमा लाई सम्झने बिशेष दिनको अवसरमा ध्रुब किरण भूलले बैतडीको पाटन आँखा उपचार केन्द्रमा लागेको आँखा शिविरमा उपचार गर्न आएका ५० जना बृद्व आमाहरुलाई फलफुल बितरण गरेका छन्।उनले आफ्नी स्वर्गीय आमाको सम्झनामा बिरामी आमा र मोती बिन्दुको अप्रेसन गरेका आमाहरु लाई फलफुल बितरण गरेका हुन
भुलकी आमाको बि.सं.२०७८ साल भाद्र ३१ गतेका दिन उपचारको क्रममा डडेल्धुरा अस्पतालमा स्वर्गाहोरण भएको थियो।उनलेे आफ्नी आमा लाई बचाउन नसकेता पनि आमाको सम्झनामा उपचाररत आमाहरु लाई फलफुल(५ दर्जन केरा र १ किलो अंगुर)बितरण गरेको जनाएका छन्
धुर्ब किरण भुल बिगत लामो समय देखि समाजिक सेवा र पत्रकारिता क्षेत्रमा आवद्व रहेका छन्।गरिब परिवारमा जन्मिएता पनि उनी समाजिक सेवामा भने निकै अग्रसर देखिन्छन्।
प्रतिक्रिया