काठमाण्डौ : सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।
आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । हिजो भिटामिन ुएु र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज खुवाउन लागिएको हो ।
६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम कामयै रहेकाले खोप केन्द्रमा स्वास्थ्यका मापदण्ड पालना गर्न तथा मास्क लगाउन पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया