२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

आज मातातीर्थ औँसी : आमाको मुख हेर्ने दिन

SansherOnline SansherOnline
बिहिबार ०७, बैशाख २०८० ०८:२६
आज मातातीर्थ औँसी : आमाको मुख हेर्ने दिन

 

काठमाण्डौ : आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन, आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिएर आशीर्वाद लिएर श्रद्धा भक्तिसाथ मातातीर्थ औँसी मनाइँदैछ ।

वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व धेरै छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराएर दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्दछन्  ।

वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भइ आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।  

प्रतिक्रिया