२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा जिप दुर्घटना,चालक घाइते

SansherOnline SansherOnline
बुधबार ०६, बैशाख २०८० ०३:२३
बैतडीमा जिप दुर्घटना,चालक घाइते

बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । मेलौलीबाट देहिमाण्डौतर्फ गइरहेको बा ७ च ३०५२ नं को जिप सलेना–देहिमाण्डौ ग्रामिण सडकखण्डको मलौली  नगरपालिका २ स्थित गेरडा भन्ने स्थानमा दुर्घटना भएको हो । 

दुर्घटनाबाट चालक समान्य घाइते भएको प्रहरीले बताएको छ । गाडीमा चालक मात्रै सवार रहेको बुझिएको छ । उकालोमा गाडी नचढेपछि जिपमा सवार रहेकाहरुलाई उतारेर गुडीरहेको जिप एक्कासी पछाडी आएर दुर्घटना हुन पुगेको हो । स्थानीय प्रतक्षदर्शीहरुका अनुसार जिप सडकबाट करिब १५ मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बिना ग्रेड काटिएका ग्रामिण सडकहरुमा दुर्घटनाको जोखिfम बढ्ने गरेको छ । 

प्रतिक्रिया