वैशाख : गेटा आँखा अस्पतालले सिगास गाउँपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यहिँ वैशाख १२ र १३ गते शिविर सञ्चालन हुन लागेको हो ।
गेटा आँखा अस्पतालको आयोजना तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको सहयोगमा उक्त शिविर सिगास गाउँपालिका – ८ मा रहेको शिवलिङ्ग स्वास्थ्य चौकीमा सञ्चालन हुने सिगास गाउँपालिकाले जनाएको छ ।
शिविरमा मोतिबिन्दु लगायत आँखाका रोगिहरूको नि: शुल्क अप्रेसन तथा औषधी उपचार गरिने सूचनामा उल्लेख गरिएको छ । अप्रेसन गर्नुपर्ने बिरामीले खाने, बस्ने, ओछ्याउने व्यवस्था आफैले गर्नुपर्ने र बिरामीको साथमा १ जना अविभावक हुनुपर्ने जनाइएको छ ।
प्रतिक्रिया