बैतडी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भोलि बैतडी आउने भएका छन् । मुख्यमन्त्री शाहले जिल्लास्थित कार्यालयका प्रमुखहरुको बैठकलाई सम्बोधन गर्ने र आवश्यक निर्देशन दिने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
दिउँसो ४ बजे बस्ने बैठकमा जिल्लाका विभिन्न बिषयमा अन्तरक्रियात्मक छलफल समेत हुने बताइएको छ । यस्तै मुख्यमन्त्री शाहले सीमा नाका झुलाघाटको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको प्रदेश सभा सदस्य शिवराज भट्टले जानकारी दिए ।
मुख्यमन्त्री शाहले शुक्रबारदेखि मेलौलीमा आयोजना हुने बृहत स्वास्थ्य शिविरको समेत उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । बैतडी समाज कैलालीको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा सञ्चालन हुने स्वास्थ्य शिविर तथा पर्यटन प्रवद्र्धन गोष्ठीको मुख्यमन्त्री शाहले उद्दघाटन गर्ने कार्यक्रम तय भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले जानकारी दिए ।
प्रतिक्रिया