२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुला र डडेल्धुराबाट लागुऔषधसहित दुई जना पक्राउ

SansherOnline SansherOnline
मङ्गलबार ०५, बैशाख २०८० १०:०३
दार्चुला र डडेल्धुराबाट लागुऔषधसहित दुई जना पक्राउ

 

धनगढी : डडेल्धुरा र दार्चुलाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।डडेलधुराको अमरगढी नगरपालिका–२ चालिसेको मोडका ४८ वर्षीय टेकबहादुर ऐर ११ ग्राम लागुऔषधसहित सोमबार पक्राउ परेका हुन्।

उनको किराना पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पसल तलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै दार्चुलाको महाकाली नगरपालिका–८ धापबाट करिब ३ किलोग्राम लागुऔषधसहित बझाङ बुङ्गल नगरपालिका–७ कफलसेरीका १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी धापाटबाट खटिएको प्रहरीले उनलाई गाँजासहित फेला पारेपछि पक्राउ गरेको हो।

प्रतिक्रिया