२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसियामाथि ६ विकेटको जित

SansherOnline SansherOnline
मङ्गलबार ०५, बैशाख २०८० ०४:२८
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसियामाथि ६ विकेटको जित

 

एसीसी प्रिमियर लिग पुरुष क्रिकेटमा नेपालले विजयी सुरूवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले  हराएको हो । 

नेपालको जितमा भीम सार्कीले ७१ रन बनाउनुभयो भने कुशल मल्ल ७० रनमा नटआउट रहनुभयो । 

रन बनाउनुभयो । यस्तै कप्तान रोहित पाैडेलले ४२ र कुशल भुर्तेलले ३७ रनको योगदान गर्नुभयो । ओपनर आशिफ सेख १ रनमै आउट भए पनि बाँकी ब्याटरले सम्हालिएर खेलेपछि नेपालको जित सम्भव भएको थियो । 

मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको हो । 

मलेसियाका अहमद फैजले ७६ रन र विरन्दिप सिंहले ४६ रन बनाउनुभयो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३/३, ललितनारायण राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिनुभयो ।

नेपालले अब वैशाख ८ गते कीर्तिपुरमा ओमानसँग, ११ गते मूलपानीमा साउदी अरबसँग र १४ गते कीर्तिपुरमा कतारसँग खेल्नेछ ।

नेपालले वैशाख ८ गते कीर्तिपुरमा ओमानसँग, ११ गते साउदी अरबसँग मूलपानीमा र १४ गते कतारसँग कीर्तिपुरमा खेल्नेछ । प्रतियोगिताको विजेताले यसै वर्ष हुने भारत र पाकिस्तासमेत रहेको एसिया कप खेल्ने छ ।

प्रतियोगिताको समूह ए मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब तथा बी मा युएई, हङकङ्ग, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

प्रतिक्रिया