२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी समाज कैलालीको आयोजनामा ३ दिन स्वास्थ्य शिविर हुने

SansherOnline SansherOnline
मङ्गलबार ०५, बैशाख २०८० ११:२४
बैतडी समाज कैलालीको आयोजनामा ३ दिन स्वास्थ्य शिविर हुने

 


बैतडी : बैतडी समाज कैलालीको आयोजनामा वैशाख ८, ९ र १० गते हुने स्वास्थ्य शिविर हुने भएको छ ।  शिविरका लागि धनगढीबाट वैशाख ७ गते बिहान  प्राविधिक टोलीसहित लगभग ४२ जनाको टोली बैतडी आउने आयोजकले जनाएको छ । 

बैतडी समाजले गर्दै आएको स्वास्थ्य शिविर सँगै यो क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ स्थानीय सरकार र सरोकारवाला सँग पर्यटनका विषयमा अन्तरक्रिया गर्ने र समाजको तर्फबाट त्यस भेगका धार्मिक पर्यटन स्थलहरूको अवलोकन गरी वृत्तचित्र तयार पारी प्रचार प्रसार गर्ने  शिविर संयोजक गजेन्द्र वीर चन्दले बताए । मेलौलीमा मेलौली नगरपालिकाको सहकार्यमा शिविर सन्चालन हुने भएको हो ।

साथै उक्त अवसरमा वैशाख ९ गते समाजले मेलौलिमा १० औँ बृहत् रक्तदान महोत्सव गर्ने तयारी गरेको छ। रक्तदान कार्यक्रमले स्थानीय युवाहरूलाई रक्तदान प्रति जनचेतना र रक्तदान गर्न अभिप्रेरित गर्न मद्दत पुग्ने हुनाले पायक पर्ने सम्पूर्णलाई रक्तदान गर्न उक्त कार्यक्रम संयोजक राज बहादुर चन्दले आह्वान समेत गरे । 

शिविरमा नेत्र रोग विशेषज्ञ डा। विद्या प्रसाद पन्त,डा।ओम प्रकाश पन्त, जनरल  हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा।नर बहादुर कार्की, डा।ज्ञानेन्द्र जोशी, डा।घनश्याम जोशी, फिजिसियन चेत राज भट्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा।रवीन्द्र देव भट्ट,न्युरो सर्जन डा।जोनेश तिवारी,नाक कान,घाटी रोग विशेषज्ञ डा।जीवन बानियाँ, बाल रोग विशेषज्ञ डा।सुमन नेपाल,मानसिक, मनोरोग तथा नसा रोग विशेषज्ञ डा।साजन खड्का मनोवैज्ञानिक परामर्शदाता डा। सुशील चटौत र दन्त रोग विशेषज्ञ डा।सन्तोष पाण्डेय र डा।सन्जीता पाण्डेयले शिविरमा सेवा प्रदान गर्ने छन् ।

हाल सम्म समाजले ९ पटक रक्तदान  र रक्तदान कार्यक्रममा ८ सय ५४ जनाले रक्तदान गरेको जनाएको छ । 

प्रतिक्रिया