बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं-४ बाट सोमबार हराइरहेकी एक बालिका मृत फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीलेका अनुसार स्थानीय रमेश चन्दकी ७ वर्षिया छोरी ललिता चन्दआज बिहान ७ ; ३५ बजे मङराउ खोलामा मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
उनी सोमबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले सोमबार दिनभरि तथा रातभरि सबैतिर खोजतलास गरिसक्दा पनि फेला पारेका थिएनन् ।
प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया