२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा जोशीको हत्या आरोपित पक्राउ

SansherOnline SansherOnline
सोमबार ०४, बैशाख २०८० ०६:२४
बैतडीमा जोशीको हत्या आरोपित पक्राउ

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ८ कालागाँउका ३७ बर्षिय बाशुदेव जोशीको हत्या अभियुक्त पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका ८ तोली भन्ने ठाउँबाट सोमबार हत्या अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । पक्राउ परेपनि प्रहरीले अहिले पनि नाम गोप्य राखेको छ ।

बाशुदेव जोशीको शव शनिबार राती ८ बजेको समयमा घर नजिकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो । 

मृतक जोशीको शव पनि आफन्लाई बुझाइएको छ । आजै आफन्तहरुले अन्तिम संस्कार गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको  छ । 

प्रतिक्रिया